अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.४ बसपार्क र ऐ. धनगढी उ.म.न.पा.९ त्रिवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२८,८००।– बराबरको सुटपिस, कुर्ती, सुरवाल, ट्राउजर, लेडिज पाईन्ट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०१।२८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९६,८७५।– बराबरको चिनी, मिश्री, दाल, मटर, बच्चाको टिसर्ट/पाईट, सर्ट, अन्डवयर, पङखाको सेल, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।