फरार प्रतिवादी पक्राउ
२०८१-०१-२९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.५००।- जरिवाना ठहर भई फरार रहेका गोदावरी न.पा.१ बस्ने बर्ष ५९ को चन्द्रदेब पन्तलाई मिति २०८१।०१।२८ गते इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित अदालत समक्ष पेश गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय र रु.२,०००।- जरिवाना ठहर भई फरार रहेका भिमदत्त न.पा. ६ घर भई हाल भारतको पिथौरागढमा होटल संचालन गरी बस्दै आएका बर्ष ५० को जनक राज जोशीलाई मिति २०८१।०१।२८ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतको पिथौरागडबाट पक्राउ गरेको हो ।
बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले लागू औषध चरेश मुद्दामा ४ महिना १९ दिन कैद सजाय र रु.२,०००।- जरीवाना ठहर भई फरार रहेका सुर्नया गा.पा.५ बस्ने बर्ष ३५ को सुरेश बहादुर बिष्टलाई मिति २०८१।०१।२८ गते जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द न.पा.४ छेला बजारबाट पक्राउ गरेको हो ।