सवारी दुर्घटनामा मृत्यु
२०८१-०१-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।२९ गते १९:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१५ कनरी स्थित से १ त ९७५४ नम्बरको ट्याक्टरको पछाडिको टायर पड्किन गई ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार ऐ. १३ कैलालीगाँउ बस्ने बर्ष २१ को समिर रानाको टाउको र छातीमा चोट लागी घाईते भई उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा २०:२० बजे मृत्यु भएको, ट्याक्टर र ट्याक्टर चालक घोडाघोडी न.पा.१० बस्ने बर्ष २२ को अविशेक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ।