प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डाँका मुद्धाका फरार प्रतिबादी पक्राउ :-

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

मिति २०७७।०७।१९ गते बेलुकिको समयमा जिल्ला कन्चनपुर बेतकोट नगरपालिका वडा न. ०५ पोलखरी बस्ने पुष्कर सिंह बोहराको घरमा नातिको जन्मोत्सबको खुशियालीमा खानपिन तथा रमाईलो गरी रहेको अवस्थामा केशब सिंह बिष्ट समेतका ६/७ जना उक्त स्थानमा आई सि.आई.बि. प्रहरी हुँ भन्दै हतियार देखाई पुष्कर सिंह बोहरा समेतका मानिसहरुको साथमा रहेको नगद तथा मोबाईलहरु लुटपाट गरेको घटनामा संम्लग्न रही वारदात मिति देखी फरार प्रतिबादी जिल्ला कन्चनपुर शुक्लाफाटा नगरपालिका वडा न ०५ खजुवा  बस्ने बर्ष २६ को रबिन्द्र साँउदलाई यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले जिल्ला कन्चनपुर बेलौरी नगरपालिका वडा न. ८ स्थित  पचुईबाट मिति २०७७।०८।१४ गते पक्राउ गरी कानुन बमोजिम थप अनुसन्धान कार्य भईरहेको

                                   

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०६-१६

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.७ हजारा स्थित सोही ठाउँ बस्ने वर्ष ४० को हरिश साउँदले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,०५,६००।- ( तिन लाख पाँच हजार छ सय ) बराबरको नरिवल पाउडर, मिल्क केक, मिठाई, सोन पापडी, नमकिन, प्लाष्टिक झोला, रब्बरको कट्टा, रसभरी मिठाई, पुजा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो आवश्यक प्रक्रिया पुरा गरी उक्त सामान सहित निजलाई नियन्त्रणमा लिएको छ ।    यसैगरी, कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,०००।– बराबरको पेय पदार्थ, हार्डवेयर लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।