प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डाँका मुद्धाका फरार प्रतिबादी पक्राउ :-

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

मिति २०७७।०७।१९ गते बेलुकिको समयमा जिल्ला कन्चनपुर बेतकोट नगरपालिका वडा न. ०५ पोलखरी बस्ने पुष्कर सिंह बोहराको घरमा नातिको जन्मोत्सबको खुशियालीमा खानपिन तथा रमाईलो गरी रहेको अवस्थामा केशब सिंह बिष्ट समेतका ६/७ जना उक्त स्थानमा आई सि.आई.बि. प्रहरी हुँ भन्दै हतियार देखाई पुष्कर सिंह बोहरा समेतका मानिसहरुको साथमा रहेको नगद तथा मोबाईलहरु लुटपाट गरेको घटनामा संम्लग्न रही वारदात मिति देखी फरार प्रतिबादी जिल्ला कन्चनपुर शुक्लाफाटा नगरपालिका वडा न ०५ खजुवा  बस्ने बर्ष २६ को रबिन्द्र साँउदलाई यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले जिल्ला कन्चनपुर बेलौरी नगरपालिका वडा न. ८ स्थित  पचुईबाट मिति २०७७।०८।१४ गते पक्राउ गरी कानुन बमोजिम थप अनुसन्धान कार्य भईरहेको

                                   

सम्बन्धित समाचार
अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-१४

कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त नगरपालिका वडा नं.१० स्थित बिभिन्न स्थानहरु, भिमदत्त न.पा. १० बिधुत कार्यालय अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ५०,०००।– बराबरको कपडा,ब्लुटुथ स्पिकर,प्लाष्टिकको कुर्ची लगायतका सामानहरु र ऐ.गड्डाचौकीबाट अन्दाजी मूल्य रु. १०,६७,०००।– बराबरको कोट पाईन्टको कपडा,सर्टको कपडा,ट्रेक सुट,जिन्स पाईन्ट,लेडिज सुट,मोबायल कभर,चप्पल लगायतका सामानहरु शनिबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ बडाराबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.१९,७००।-बराबरको चिनी,सोडा,मिठाई,चकलेट लगायतका सामानहरु शनिबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-१२

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ सुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. २,७५,०००।– बराबरको चिनि,मिश्री,नरिवल तथा सुर्ति जन्य पदार्थहरु लगायतका सामानहरु बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका २ त्रिनगर भन्सार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.२६,०००।– बराबरको चामल र गहुँ बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-१२

कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ११  त्रिनगर व्यारेल नजिकबाट २६ ट्याब्लेट स्पास र कोरेक्स १ बोतल अबैध लागू औषध सहित ऐ. १ बस्ने बर्ष २९ को विषेश गिरी समेत तीन जनालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त लागू औषध फेला पारी पक्राउ गरेको हो । यसैगरि, जिल्ला कैलाली, गोदावरी न.पा.९ सेहरी भन्ने गाऊँको कच्ची सडकबाट १ ग्राम १९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. धनगढी उ.म.न.पा. ११ बस्ने बर्ष ३५ को हरिद्वारी रानालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्दान गरिरहेको छ ।