प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०३-२५

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।- (तिन हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडा बस्ने १८ बर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२४ गते ऐ.८ क्याम्पस चोकबाट पक्राउ गरेको ।                                                                                                 

     बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७७।०४।२० गतेको फैसलाले काठ ओसार पसार सम्बन्धी मुद्दामा २ महिना कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको जिल्ला बझाङ, केदारस्यु गा.पा.६ बस्ने बर्ष ३४ को डबल धामीलाई अस्थायी प्रहरी पोष्ट बागथला, बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।                                                                                                 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।