अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न
किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा
मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि
गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र
किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।