अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा.११ ब्यारल चेकपोष्ट स्थित सोमबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारत पिलिभित न्युरिया कलौनी बस्ने अं.३२ को अमित हलदरलाई भारतबाट नेपाल आउने क्रममा शांका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ०.१० ग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको ।