प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०७-०१

  • A
  • A-
  • A+
Share

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,८३,९००।- ( दुई लाख त्रिरासी हजार नौ सय ) बराबरको रेडिमेड कुर्ता सुरुवाल र बिभिन्न किराना सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबट खटिएको प्रहरी टोलीले शनिवार वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको ।      

    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,०३,८००।- ( तिन लाख तिन हजार  आठ सय ) बराबरको बिउ-बिजन, दाल, तोरी, तेल, गुड, बिडि, मिठाई, नरिवल, सुर्ती लागायतका किराना सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको । 

      दार्चुला :- जिल्ला दार्चुला महाकाली नगरपालिका वडा नं. ९ मेलखेत खोलाको किनारमा अवैधरुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. १,४१,३६०।- ( एक लाख एकचालिस हजार  तिन सय साठी ) बराबरको ७४४ बण्डल बिडी प्रहरी चौकी जलजिवी दार्चुलाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको । 

    

  

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०१

      कञ्चनपुर:- लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ चम्मचोक स्थित न्यु तहल्का होटल एण्ड लजको कोठा नं. १०६ मा जिल्ला कञ्चनपुर बेदकोट न.पा. वडा नं.७ बस्ने बर्ष अ.३४ को मनोज राज भट्टलाई लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी निजको साथबाट शुद्ध तौल ३ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ लागु औषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार साँझ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान सहित ३ जना पक्राउ
२०८३-०६-३०

   कैलाली:- जिल्ला कैलाली वर्दगोरीया गा.पा.१ बौनियाँ चोक स्थित भजनी जाने सडक खण्डमा जानकी गा.पा.५ बस्ने वर्ष ३५ को विपत राम चौधरीले चलाएको सु.प.प्र.००१ ह ४२५३ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४७,१७५।- ( दुई लाख सच्चालिस हजार एक सय पचहत्तर ) बराबरको सानो ठुलो सर्ट सहित अटोमा सवार टिकापुर न.पा.१ बस्ने वर्ष ३८ को राम बहादुर टमाटा र वर्ष ४९ को प्रकाश कुँवर समेत तिनै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि सत्ती भन्सार कार्यालय कैलालीमा पठाएको छ ।         

फरार प्रतिवादी पक्राउ
२०८३-०६-३०

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८२।०२।१९ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. १,६२,०००।- ( एक लाख बइसठ्ठी हजार )  जरिवाना तोकिएको टीकापुर न.पा.१ ब्लक नं. १२ बस्ने वर्ष ३२ को रोहित कठायतलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०३।०९ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु.२७,२००।- ( सत्ताइस हजार दुई सय ) जरिवाना तोकिएको जिल्ला बैतडी, पाटन न.पा.३ टाकुरा घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चटकपुर डेरा गरी बस्ने वर्ष ३५ को दिनेश खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-२९

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु बुधबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८९,४००।– बराबरको चिनी, मिश्री, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       बैतडी:- जिल्ला बैतडी पञ्चेश्वर गा.पा.४ तिमलेखाली स्थित बिनायक जंगलबाट गोप्य सुचनाको आधारमा अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१७,७१०।– बराबरको चिनी, खाने तेल, मिठाई, ध्वजा/नेजा, नरिवल, जिरा, सुर्ति, नटबोल्ड, पेन्ट, पास्ता लगायतका सामानहरु बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तस्वदेही र प्रहरी चौकी हल्दुविनायक, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।