अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-३०
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर बेलौरी न.पा.१ फटैया खल्लाबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम १८० मिलिग्राम सहित
पुनर्वास न.पा. ११ डोकेबजार बस्ने वर्ष ३० को बिशाल वि.क. र जिल्ला कैलाली,
जोशीपुर गा.पा.९ घर भई हाल पुनर्वास न.पा. ११
बस्ने वर्ष २२ को कुशल चौधरीलाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो से २ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार
निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।