फरार प्रतिवादी पक्राउ
२०८३-०६-३०
- A
- A-
- A+
कैलाली:-
फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८२।०२।१९
गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद
सजाय र रु.
१,६२,०००।- ( एक लाख बइसठ्ठी
हजार ) जरिवाना तोकिएको टीकापुर न.पा.१ ब्लक
नं. १२ बस्ने वर्ष ३२ को रोहित कठायतलाई इलाका
प्रहरी कार्यालय टीकापुर, कैलालीबाट
खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।
कञ्चनपुर:-
फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०३।०९
गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु.२७,२००।-
( सत्ताइस हजार दुई
सय ) जरिवाना तोकिएको जिल्ला बैतडी,
पाटन न.पा.३ टाकुरा घर भई हाल जिल्ला कैलाली, धनगढी
उ.म.न.पा.३ चटकपुर डेरा गरी बस्ने वर्ष ३५ को दिनेश खत्रीलाई जिल्ला प्रहरी
कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको छ ।