अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा.११ ब्यारल चेकपोष्ट स्थित जिल्ला कैलाली घोडाघोडी न.पा.०६ बस्ने बर्ष अं.२५ को बिक्रम मिजार लाई भारतबाट नेपाल आउने क्रममा स.प्र.बल समेत इ.प्र.का.गड्डाचौकी कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आईतबार दिउसो शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ०.१६ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको ।
यसै गरी जिल्ला कञ्चनपुर भिमदत्त नगरपालीका वडा नं.-९ जिरो पोईन्ट स्थित सडकमा हिडिरहेको अवस्था एक जना किशोरलाई लागु औषध ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ब्रह्मदेब कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आईतबार साँझ शंका लागि चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल गर्दा १२ ग्राम ला.औ.खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नयन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।