नियन्त्रित लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०४
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका १ मलेरिया पुल स्थित मंगलबार साँझ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १८ जानकी टोल बस्ने बर्ष २४ को रमेश दमाईलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट फेनारगन ६१ एमपुल साबुत र १४ एमपुल फुटेको, बि.जेसिक ५४ एमपुल साबुत र २३ एमपुल फुटेको फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको ।