प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बसको ठक्करबाट महिलाको मृत्यु

२०८३-०५-०८

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.२ बसपार्क स्थित माहाकाली यातायातको सु.प.प्र.०२-००१ ख ९५६ नम्बरको बसको ठक्करबाट सोही न.पा.१ बस्ने वर्ष अन्दाजी ४० की सिन्की बोहराको आइतबार साँझ घट्नास्थलमै मृत्यु भएको छ । बस र बस चालक जिल्ला दार्चुला, मालीकार्जुन गा.पा.२ बस्ने बर्ष २३ को रोहित सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।