प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०१।३० गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.१० गड्डाचौकीबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २६ को नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ, बर्ष २१ को दिपक कार्कीको घरबाट १.५८ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र बर्ष २७ को कुश कार्कीको घरबाट ०.१५ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ गरि जम्मा १९५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ र १.७३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित तिनै जनालाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

   कैलाली:- मिति २०८१।०१।३० गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० चकमेलीघाट नजिकबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २२ को बिषेश नाथ योगी र बर्ष २७ को राजेन्द्र भाटलाई २४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०५-२३

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।२२ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।१.      ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद सजाय र रु. २०,०००।– ( बिस हजार ) जरिवाना तोकिएको धनगढी उप-महानगरपालिका ८ बस्ने वर्ष ३८ को नन्दलाल राना थारु ।२.      अंगभंग मुद्दामा ३ महिना कैद सजाय तोकिएको गोदावरी न.पा.१ बस्ने वर्ष ३० को नबिन बिष्ट ।     यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना २० दिन कैद सजाय र रु. १,४०,०००।- (एक लाख चालिस हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.१२ बस्ने वर्ष ३९ को पदम बहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति कञ्चनपुरको वडा एरियामा फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीमा वुझाएको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२२

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४७,०२०।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,७८५।– बराबरको बिडी, सुर्ति, मिठई, दाल, नरिवल, बिस्कुट, फलफुल, तरकारी लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२१

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,१४,८८२।– बराबरको चिनी, मिठाई,  टाई, वेल्ट, कस्मेटिक लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर :- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ नहररोडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३२,७००।–  बराबरको सुर्ति  शनिबार राति इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।