प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०१।३० गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.१० गड्डाचौकीबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २६ को नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ, बर्ष २१ को दिपक कार्कीको घरबाट १.५८ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र बर्ष २७ को कुश कार्कीको घरबाट ०.१५ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ गरि जम्मा १९५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ र १.७३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित तिनै जनालाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

   कैलाली:- मिति २०८१।०१।३० गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० चकमेलीघाट नजिकबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २२ को बिषेश नाथ योगी र बर्ष २७ को राजेन्द्र भाटलाई २४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१४

      कैलाली:-  मिति २०८२।०३।१३  गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सहिद गेट र टिकापुर न.पा.८ अरनुवा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,६५०।– बराबरको बिडी, सुर्ती, पानिपुरी, कुर्ता सुरवाल, धोती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                      कञ्चनपुर:- मिति २०८२।०३।१३ गते १२:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ टाउके बजार स्थित भित्री सडक किनारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८९,५००।- बराबरको सुटपिस, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागी त्रिनगर भन्सार कार्यालय धनगढी, कैलालीलाई वुझाएको ।