प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी युनिट ईन्चार्जहरुलाई निर्देशन

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

धनगढी, ३१ बैशाख । 

 आज मिति २०८१।०१।३१ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित कार्यरत युनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आई पर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो । 

    उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले नि:स्वार्थ सेवा प्रवाह गर्दै निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रु-मैत्री व्यवहार, Smart Policing, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरि सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरि सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

     साथै निर्देशन सम्बोधनको क्रममा उहाँले नेपाल भारतको सिमा-नाकाबाट हुने भन्सार चोरी-तस्करी तथा सिमा-नाकामा हुने अपराधिक गतिबिधिका बिरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने, लागू-औषधको ओसार-पसार र बिक्री बितरण कडाईका साथ नियन्त्रण गर्ने, सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रण गर्न प्रभावकारी रुपमा ट्राफिक नियमहरुको नियमन गर्ने, फरार अपराधीहरूको व्यापक रुपमा खोज-तलास गर्ने, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरि चुस्त दुरुस्त नागरीक मैत्री प्रहरी सेवा प्रवाह गर्ने, गैह्र व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासनमा रही उच्च मनोवलका साथ त्रुटी रहित ढंगबाट कार्य सम्पादन गर्नुका साथै अवैध कारोवारलाई नियन्त्रण गर्न सूचना संकलन एवं विश्लेषण लाई थप प्रभावकारी बनाई आम जन-मानसमा प्रहरी प्रतिको छवि अझ राम्रो पार्नको लागि सृजनात्मक कार्यहरु गर्ने लगायतका सम-सामयिक विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।  

    उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी अधिकृतहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख तथा सिमा-नाकामा अवस्थित प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरी ६० जना प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  



सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०७-१३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    १. सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाय  र रु.२,०००।–( दुई हजार) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ३ बस्ने वर्ष ३४ को बुधराम थारु ।   २. बैङ्किङ कसुर मुद्धामा ५ दिन कैद सजाय  र रु. ४,००,०००।–( चार लाख ) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ५ बस्ने वर्ष ३० को प्रदिप कुमार चौधरी ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१२

कैलाली:- जिल्ला कैलाली भजनी न.पा.५ कुटीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८१,७००।– बराबरको विभिन्न किसिमका भाँडा वर्तन, वच्चाका खेलौना, कस्मेटिक लगायतका सामानहरु बुधबार वेलुकी इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७,५६,८५०।– बराबरको विभिन्न किसिमका कपडा, बिडी, सुर्ति, पटका, मिठाई, मोबाईल डिस्प्ले, मोबाईल चार्जर, मोबाईल ग्लास, एयर फोन, स्मार्ट वाच (घडी), मोबाईल ब्याट्री, मोबाईल स्पिकर, माछा, बोइलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१२

      कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ मरियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ७ सय २० मिलिग्राम सहित टीकापुर न.पा.३ बस्ने वर्ष १९ को सुमित सुनार र वर्ष २० को अभिषेक बि.क.लाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो से ४ प ७२४२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली भजनी न.पा.५ पगियापसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २१ को दिपक बुढा र १७ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ से ७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित जोशीपुर गा.पा.१ बस्ने वर्ष २९ को नराज चौधरी, वर्ष २१ को अनुप चौधरी, १८ वर्षिय किशोर र ऐ.३ बस्ने वर्ष २२ को प्रेम चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।