प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी युनिट ईन्चार्जहरुलाई निर्देशन

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

धनगढी, ३१ बैशाख । 

 आज मिति २०८१।०१।३१ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित कार्यरत युनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आई पर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो । 

    उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले नि:स्वार्थ सेवा प्रवाह गर्दै निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रु-मैत्री व्यवहार, Smart Policing, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरि सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरि सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

     साथै निर्देशन सम्बोधनको क्रममा उहाँले नेपाल भारतको सिमा-नाकाबाट हुने भन्सार चोरी-तस्करी तथा सिमा-नाकामा हुने अपराधिक गतिबिधिका बिरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने, लागू-औषधको ओसार-पसार र बिक्री बितरण कडाईका साथ नियन्त्रण गर्ने, सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रण गर्न प्रभावकारी रुपमा ट्राफिक नियमहरुको नियमन गर्ने, फरार अपराधीहरूको व्यापक रुपमा खोज-तलास गर्ने, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरि चुस्त दुरुस्त नागरीक मैत्री प्रहरी सेवा प्रवाह गर्ने, गैह्र व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासनमा रही उच्च मनोवलका साथ त्रुटी रहित ढंगबाट कार्य सम्पादन गर्नुका साथै अवैध कारोवारलाई नियन्त्रण गर्न सूचना संकलन एवं विश्लेषण लाई थप प्रभावकारी बनाई आम जन-मानसमा प्रहरी प्रतिको छवि अझ राम्रो पार्नको लागि सृजनात्मक कार्यहरु गर्ने लगायतका सम-सामयिक विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।  

    उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी अधिकृतहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख तथा सिमा-नाकामा अवस्थित प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरी ६० जना प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  



सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०६-३०

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८२।०२।१९ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. १,६२,०००।- ( एक लाख बइसठ्ठी हजार )  जरिवाना तोकिएको टीकापुर न.पा.१ ब्लक नं. १२ बस्ने वर्ष ३२ को रोहित कठायतलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०३।०९ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु.२७,२००।- ( सत्ताइस हजार दुई सय ) जरिवाना तोकिएको जिल्ला बैतडी, पाटन न.पा.३ टाकुरा घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चटकपुर डेरा गरी बस्ने वर्ष ३५ को दिनेश खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान सहित ३ जना पक्राउ
२०८३-०६-३०

   कैलाली:- जिल्ला कैलाली वर्दगोरीया गा.पा.१ बौनियाँ चोक स्थित भजनी जाने सडक खण्डमा जानकी गा.पा.५ बस्ने वर्ष ३५ को विपत राम चौधरीले चलाएको सु.प.प्र.००१ ह ४२५३ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४७,१७५।- ( दुई लाख सच्चालिस हजार एक सय पचहत्तर ) बराबरको सानो ठुलो सर्ट सहित अटोमा सवार टिकापुर न.पा.१ बस्ने वर्ष ३८ को राम बहादुर टमाटा र वर्ष ४९ को प्रकाश कुँवर समेत तिनै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि सत्ती भन्सार कार्यालय कैलालीमा पठाएको छ ।         

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-२९

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु बुधबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८९,४००।– बराबरको चिनी, मिश्री, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       बैतडी:- जिल्ला बैतडी पञ्चेश्वर गा.पा.४ तिमलेखाली स्थित बिनायक जंगलबाट गोप्य सुचनाको आधारमा अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१७,७१०।– बराबरको चिनी, खाने तेल, मिठाई, ध्वजा/नेजा, नरिवल, जिरा, सुर्ति, नटबोल्ड, पेन्ट, पास्ता लगायतका सामानहरु बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तस्वदेही र प्रहरी चौकी हल्दुविनायक, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।