प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी युनिट ईन्चार्जहरुलाई निर्देशन

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

धनगढी, ३१ बैशाख । 

 आज मिति २०८१।०१।३१ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित कार्यरत युनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आई पर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो । 

    उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले नि:स्वार्थ सेवा प्रवाह गर्दै निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रु-मैत्री व्यवहार, Smart Policing, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरि सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरि सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

     साथै निर्देशन सम्बोधनको क्रममा उहाँले नेपाल भारतको सिमा-नाकाबाट हुने भन्सार चोरी-तस्करी तथा सिमा-नाकामा हुने अपराधिक गतिबिधिका बिरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने, लागू-औषधको ओसार-पसार र बिक्री बितरण कडाईका साथ नियन्त्रण गर्ने, सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रण गर्न प्रभावकारी रुपमा ट्राफिक नियमहरुको नियमन गर्ने, फरार अपराधीहरूको व्यापक रुपमा खोज-तलास गर्ने, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरि चुस्त दुरुस्त नागरीक मैत्री प्रहरी सेवा प्रवाह गर्ने, गैह्र व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासनमा रही उच्च मनोवलका साथ त्रुटी रहित ढंगबाट कार्य सम्पादन गर्नुका साथै अवैध कारोवारलाई नियन्त्रण गर्न सूचना संकलन एवं विश्लेषण लाई थप प्रभावकारी बनाई आम जन-मानसमा प्रहरी प्रतिको छवि अझ राम्रो पार्नको लागि सृजनात्मक कार्यहरु गर्ने लगायतका सम-सामयिक विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।  

    उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी अधिकृतहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख तथा सिमा-नाकामा अवस्थित प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरी ६० जना प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  



सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२७

      कैलाली:- मिति २०८२।०३।२६ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ लालबोझी स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से ३ प ९२६३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, सोही न.पा.४ बस्ने बर्ष २५ को मनोज चौधरी र मोटरसाइकल पछाडी सवार बर्ष २१ को बिक्रम चौधरीको साथबाट ३ ग्राम ९६० मिलिग्राम र ग ६ प ८३७९ नम्वरको मोटरसाइकललाइ शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, घोडाघोडी न.पा.१२ बस्ने बर्ष २१ को बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार बर्ष २८ को हनुमान चौधरीको साथबाट १ ग्राम ७१० मिलिग्राम गरी जम्मा ५ ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, दुवै मोटरसाईकल सहित निजहरु चारै जनालाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०३-२६

     कैलाली:-  मिति २०८२।०३।२५ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.६ स्याउले स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको म १ ह ८५८ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेकी पैदल यात्री सोही ठाउँ बस्ने बर्ष ५५ की लक्ष्मी ढुङगाना र बर्ष २२ की मिना ढुङगानालाई पछाडी बाट ठक्कर दिइ घाईते भई उपचारको लागि दुवै घाइतेलाई भल्का अस्पताल लम्की, कैलाली हुँदै मेडिकल कलेज कोहलपुर, वाँके लगिएकोमा उपचारको क्रममा ऐ.२२:२० बजे लक्ष्मी ढुङगानाको मृत्यु भएको, मिना ढुङगाको सोही अस्पतालमा उपचार भईरहेको, अटो र अटो चालक सोही ठाउँ बस्ने बर्ष २३ को हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।     

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-२६

      कैलाली:-  मिति २०८२।०३।२५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ शिसा पोष्ट नजिक र टिकापुर न.पा.७ बिष्णुकान्ति चोक नजिक भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४५,७००।– बराबरको सुर्ती, कुर्ती, कट्टु, कुर्ता सुरवाल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                       कञ्चनपुर:- मिति २०८२।०३।२५ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बेलौरीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२२,९००।– बराबरको सुटपिस, पर्दा, तन्ना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२६

      कञ्चनपुर:- मिति २०८२।०३।२५ गते १९:१० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ७ पौलाह स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ८२३८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ पिपरिया बस्ने बर्ष २६ को कृष्ण राना, मोटरसाइकल पछाडी सवार ऐ. वस्ने बर्ष २७ को महेश राना र जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ धनगढी गाउँ बस्ने १८ वर्षिय किशोरीको साथबाट १.९१ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                  

फरार प्रतिबादी पक्राउ
२०८२-०३-२५

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।- (तिन हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडा बस्ने १८ बर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२४ गते ऐ.८ क्याम्पस चोकबाट पक्राउ गरेको ।                                                                                                      बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७७।०४।२० गतेको फैसलाले काठ ओसार पसार सम्बन्धी मुद्दामा २ महिना कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको जिल्ला बझाङ, केदारस्यु गा.पा.६ बस्ने बर्ष ३४ को डबल धामीलाई अस्थायी प्रहरी पोष्ट बागथला, बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।