प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०२-०१

  • A
  • A-
  • A+
Share

  बाजुरा:- मिति २०८१।०१।३१ गते १२:४० बजेको समयमा जिल्ला बाजुरा, हिमाली गा.पा.६ धुलाचौर बस्ने पूर्व पाण्डेयको ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले २ कोठे कच्ची घरमा बिद्युतको तार सट भइ आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, चाँदी, खद्यान्न, लत्ता कपडा, सोलार पाता, मोबाइल लगायतका सामानहरु गरि अन्दाजी रु.४,४०,०००।– (चार लाख चालिस हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-३१

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.५ बाल्मिकी स्कुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२९ मिलिग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ स्थित डेरा गरी बस्ने बर्ष २६ को गौरव चन्द, भिमदत्त न.पा.६ बस्ने बर्ष ३२ को प्रकाश आउजी र बेदकोट न.पा.५ घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ स्थित डेरा गरी बस्ने बर्ष २२ की खुस्बु धानुक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली भजनी न.पा.८ कांडापुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८७० मिलिग्राम सहित टिकापुर न.पा. १ सक्तिनगर सिबिर बस्ने बर्ष २७ को भिखु चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले साइकलमा यात्रा गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-३०

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ त्रिनगर ब्यारेलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६३,१००।-  बराबरको धोति, किराना लगायतका सामानहरु सोमबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४३,५००।– बराबरको सुटपिस, व्लाउज, अन्डर वेयर, पानि वर्साति लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।