प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भागरथी भट्टको बलत्कार पछि हत्या गर्ने अभियुक्त पक्राउ ।

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

मिति २०७७/१०/२१ गते बिहान जिल्ला बैतडी दोगडाकेदार गा.पा वडा.न.७ बस्ने अन्दाजी बर्ष १८ की भागरथी भट्टको बिद्यालयबाट घर फर्किने क्रममा  बलत्कार पछि हत्या गर्ने अभियुक्त पक्राउ परेको छ । माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा हराएकी भागरथी भट्ट अर्को दिन बिहान मृत अवस्थामा फेलापरेकी हुन । भट्ट मृत अवस्थामा फेला परेको खवर पाएपछि प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान सुरु गरेको हो । प्रहरीले अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बैतडी दोगडाकेदार गा.पा वडा.न.७ बस्ने अन्दाजी १६ बर्षीय युवक रहेका छन । पक्राउ गरिएका युवकलाई अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको छ । हाल पक्राउ गरिएका युवक प्रहरी हिरासतमा रहेका छन ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।