प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

  कैलाली:- मिति २०८१।०२।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, टिकापुर न.पा.८ कर्मीडाडा स्थित भित्री सडक खण्ड र भजनि न.पा.३ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८३,८८०।–  बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, लेडिज टप्स, कुर्ति सेट, जन्तर,प्लाष्टिक झिल्ली, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

   कञ्चनपुर:- मिति २०८१।०२।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.९ मटेना, बेलौरी न.पा. १ फटैया, ऐ.८ पचुई इट्टा भट्टा नजिक र कृष्णपुर न.पा.५ गुलरीयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६३,८२१।– बराबरको पेय पदार्थ, खद्यान्न, कट्टु, गन्जी, बिस्कुट, कुरकुरे, सुर्ती, पास्ता, कस्मेटिक सामान, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-०१

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,८३,९००।- ( दुई लाख त्रिरासी हजार नौ सय ) बराबरको रेडिमेड कुर्ता सुरुवाल र बिभिन्न किराना सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबट खटिएको प्रहरी टोलीले शनिवार वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको ।          कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,०३,८००।- ( तिन लाख तिन हजार  आठ सय ) बराबरको बिउ-बिजन, दाल, तोरी, तेल, गुड, बिडि, मिठाई, नरिवल, सुर्ती लागायतका किराना सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको ।       दार्चुला :- जिल्ला दार्चुला महाकाली नगरपालिका वडा नं. ९ मेलखेत खोलाको किनारमा अवैधरुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. १,४१,३६०।- ( एक लाख एकचालिस हजार  तिन सय साठी ) बराबरको ७४४ बण्डल बिडी प्रहरी चौकी जलजिवी दार्चुलाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको ।       

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०१

      कञ्चनपुर:- लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ चम्मचोक स्थित न्यु तहल्का होटल एण्ड लजको कोठा नं. १०६ मा जिल्ला कञ्चनपुर बेदकोट न.पा. वडा नं.७ बस्ने बर्ष अ.३४ को मनोज राज भट्टलाई लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी निजको साथबाट शुद्ध तौल ३ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ लागु औषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार साँझ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान सहित ३ जना पक्राउ
२०८३-०६-३०

   कैलाली:- जिल्ला कैलाली वर्दगोरीया गा.पा.१ बौनियाँ चोक स्थित भजनी जाने सडक खण्डमा जानकी गा.पा.५ बस्ने वर्ष ३५ को विपत राम चौधरीले चलाएको सु.प.प्र.००१ ह ४२५३ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४७,१७५।- ( दुई लाख सच्चालिस हजार एक सय पचहत्तर ) बराबरको सानो ठुलो सर्ट सहित अटोमा सवार टिकापुर न.पा.१ बस्ने वर्ष ३८ को राम बहादुर टमाटा र वर्ष ४९ को प्रकाश कुँवर समेत तिनै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि सत्ती भन्सार कार्यालय कैलालीमा पठाएको छ ।         

फरार प्रतिवादी पक्राउ
२०८३-०६-३०

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८२।०२।१९ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. १,६२,०००।- ( एक लाख बइसठ्ठी हजार )  जरिवाना तोकिएको टीकापुर न.पा.१ ब्लक नं. १२ बस्ने वर्ष ३२ को रोहित कठायतलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०३।०९ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु.२७,२००।- ( सत्ताइस हजार दुई सय ) जरिवाना तोकिएको जिल्ला बैतडी, पाटन न.पा.३ टाकुरा घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चटकपुर डेरा गरी बस्ने वर्ष ३५ को दिनेश खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको छ ।