प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

  कैलाली:- मिति २०८१।०२।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, टिकापुर न.पा.८ कर्मीडाडा स्थित भित्री सडक खण्ड र भजनि न.पा.३ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८३,८८०।–  बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, लेडिज टप्स, कुर्ति सेट, जन्तर,प्लाष्टिक झिल्ली, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

   कञ्चनपुर:- मिति २०८१।०२।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.९ मटेना, बेलौरी न.पा. १ फटैया, ऐ.८ पचुई इट्टा भट्टा नजिक र कृष्णपुर न.पा.५ गुलरीयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६३,८२१।– बराबरको पेय पदार्थ, खद्यान्न, कट्टु, गन्जी, बिस्कुट, कुरकुरे, सुर्ती, पास्ता, कस्मेटिक सामान, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१४

      कैलाली:-  मिति २०८२।०३।१३  गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सहिद गेट र टिकापुर न.पा.८ अरनुवा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,६५०।– बराबरको बिडी, सुर्ती, पानिपुरी, कुर्ता सुरवाल, धोती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                      कञ्चनपुर:- मिति २०८२।०३।१३ गते १२:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ टाउके बजार स्थित भित्री सडक किनारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८९,५००।- बराबरको सुटपिस, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागी त्रिनगर भन्सार कार्यालय धनगढी, कैलालीलाई वुझाएको ।