प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०२।०१ गते १४:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट जिल्ला कैलाली, गोदाबरी न.पा.२ अत्तरीया बस्ने बर्ष २५ को समिर बसुवालाई २.५६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

   यसैगरी, मिति २०८१।०२।०१ गते १५:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ कालोपुलबाट शुक्लाफाटा न.पा १ वन्साह बस्ने बर्ष २१ को पारश बिष्ट र १८ बर्षिय किशोर समेत दुई जनालाई २३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र मोटरसाईकल थान-१ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-०१

      कैलाली:-   मिति २०८१।०९।२९ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौलाबाट ऐ. जानकी गा.पा.३ भगतपुर बस्ने बर्ष ३२ को निलम बिष्टलाई ८९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            कञ्चनपुर:-   मिति २०८१।०९।२९ गते १४:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१ पिपलथला स्थित सोही ठाउँ बस्ने बर्ष २२ को धिरेन्द्र चन्दको घर कोठामा खानतलासी गर्दा निज सुत्ने कोठाबाट ०.२३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट चम्पापुर र अस्थायी प्रहरी पोष्ट दैजी, कञ्चनपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

गोली हानी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ
२०८१-१०-०१

       डडेल्धुरा:- मिति २०८१।०९।२९ गते १६:३० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.३ पथरोडा बस्ने बर्ष ३२ को डम्बर बहादुर थापा मगरले मादक पदार्थ सेवन गरी घरायसी बाद-बिबाद हुदा आफ्नै घर आगनमा आफ्नै श्रीमती बर्ष २४ की अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हानी घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समेतबाट प्रहरी टोली खटि गई भरुवा बन्दुक सहित भाग्दै गरेको अवस्थामा निज डम्बर बहादुर थापा मगरलाई नियन्त्रणमा लिई निजको साथमा रहेको भरुवा बन्दुक बरामद गरी अनुसन्धान कार्य भईरहेको ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-०१

      कैलाली:-  मिति २०८१।०९।२९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १९ खेदाघाट र भजनी न.पा.०६ नबलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,६००।– बराबरको बदाम, सुर्ती, बिडी, झ्यालको हुकलक, कब्जा, हत्ता, चिटकनी, छिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                 कञ्चनपुर:-  मिति २०८१।०९।२९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. ९ तुम्डानी र पुनर्वास न.पा..९ धनसिगाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९९,५२०।– बराबरको खाने तेल, बिडी, सुर्ती, पेय पदार्थ, नमकिन, सुपारी, मोटरसाईकल थान-१ लगायतका सामानहरु  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।