प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०२।०१ गते १४:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट जिल्ला कैलाली, गोदाबरी न.पा.२ अत्तरीया बस्ने बर्ष २५ को समिर बसुवालाई २.५६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

   यसैगरी, मिति २०८१।०२।०१ गते १५:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ कालोपुलबाट शुक्लाफाटा न.पा १ वन्साह बस्ने बर्ष २१ को पारश बिष्ट र १८ बर्षिय किशोर समेत दुई जनालाई २३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र मोटरसाईकल थान-१ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-१२

    कैलाली:- मिति २०८१।०४।११ जिल्ला कैलाली, धनगढी-२ राम जानकी मन्दिर, ऐ-३ ट्राफिक चौराहा र गोदावरी -४ गोदावरी स्थित सडक किनारामा नजिक भारत बाट भन्सार छली ल्याएको अन्दाजी मुल्य रु.५,७२,६००/- बराबरको सुट मोजा, चस्मा, लेडिज सुट, जे.सि.बि.कम्प्रेसर मेसिन, स्टिलको रेलिङ्गमा लगाउने फुल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।     कंचनपुर :- मिति २०८१।०४।११ गते जिल्ला कंचनपुर, भिमदत्त-१० बिधुत कार्यालय, बेलौरी -१ फटैया र पुनर्वास -११ अमरबस्तीबाट भारतबाट भन्सार छली गरी ल्याएका अंदाजी मुल्य रु.१,७६,९८०।- बराबरको चामल, दाल, तेल, माईक्रोनी, चिनी, मिश्री, सुर्ती, बिंडी युरिया, सर्फ, हाडबेयरका सामानहरु, साईकल तथा साईकलका पार्टपुर्जाहरु, गुड, ड्यू , किरानाका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कंचनपुर तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।