प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा बालकको मृत्यु

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।०१ गते १६:२० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा. १ गोप्का स्थित जिल्ला बाँके, नेपालगंज उ.म.न.पा.७ बस्ने वर्ष २६ को शैलेन्द्र श्रेष्टले चलाएको बा.प्र.०२-०२८ प ४४६० नम्बरको मोटरसाईकलले पैदलयात्री गौरीगंगा न.पा. १ बस्ने लाल बहादुर बोहराको छोरा वर्ष अन्दाजी ९ को युबराज बोहरालाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको, मोटरसाईकल र चालक प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२७

   कञ्चनपुरः-  जिल्ला कञ्चनपुर बेदकोट न.पा.१० शिद्धनाथ चोक स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३२ को यादव शाहुको घरकोठा खाँनतलासी गर्दा कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ६९० मिलिग्राम फेला पारी सोही कोठा भित्र रहेका ऐ.१ बस्ने वर्ष ३० को मुकेस मल्ल र ऐ.३ बस्ने वर्ष ३२ को महेन्द्र चन्द समेत तिनै जनालाई सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट दैजी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान सहित ३ जना मानिस पक्राउ
२०८३-०६-२७

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेका अन्दाजी मूल्य रु.८९,९५०।- ( उनानब्बे हजार नौ सय पचास) बराबरको भाँडा वर्तन, किरानाका सामान, साइकल थान-३ सहित भारत लखिमपुर खिरी ग्राम पञ्चायत बिनौरा बस्ने वर्ष २२ को वसी साहा, वर्ष २४ को नसिम साहा र वर्ष २० को सुहेल खाँनलाई अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त सामान सहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको छ ।       यसैगरी, कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२८,०३०।– बराबरको साडी, सुटपिस, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित गोदावरी न.पा.५ बस्ने वर्ष ३१ को टंक राज भट्ट र वर्ष २६ को खगेन्द्र नाथलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ टेडियाबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ७४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोर र लालझाडी गा.पा.१ बिनाबारी बस्ने वर्ष २६ को राम जनम चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी,  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ सेन्टरबाट नियन्त्रित लागूऔषध Tapentadol- ८७ ट्याब्लेट सहित गोदावारी न.पा.१ बस्ने वर्ष २१ को दिक्षित साँउदलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।