प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

१. सवारी ज्यान मुद्दामा २०दिन कैद सजाय र रू.२,०००।– जरिवाना ठहर भएका बर्दगोरीया गा.पा.४ बस्ने बर्ष ३० को नरेश    डगौरा ।

२. कुटपिट मुद्दामा रू.४९०।-  जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ५० को बिष्णु थापा ।

३. चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष १९ को मिलन शाही ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२३

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,६४,०००।– बराबरको विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९३,९००।– बराबरको चिनी, पेय पदार्थ, सुर्ति, प्लाष्टिक झिल्ली, बोइलर कुखुराका चल्ला लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।