अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।०२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह र टीकापुर न.पा.९ पुरानो भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२५,२००।– बराबरको चिनी, बच्चाको समिज, सुटपिस, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।०२ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.५ सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,४९०।– बराबरको मिश्री, धानको बिउ, चरी घाँसको बिउँ र भाडा धुने साबुन लगायतका सामानहरु वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।