प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानिमा डुबी बालकको मृत्यु

२०८१-०२-०३

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।०२ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, जानकि गा.पा.९ सुकुमवासि टोल स्थित मामाको घर आई आगनमा खेलिरहेको अवस्थामा हराई खोजतलास गर्दा लम्किचुहा न.पा.०२ चौरी बस्ने खेमराज सुनारको छोरा बर्ष ३ को बखत सुनार घर नजिकै रहेको कुलरिया नहरको इन्टेकमा मृत अवस्थामा अबस्थामा फेला परेका हुन, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०१

      कैलाली:- मिति २०८२।०९।३० गते १५:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं १ बसन्त टोल स्थित ऐ.ऐ. बस्ने वर्ष १८ को कृष्ण चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।          कञ्चनपुर:- मिति २०८२।०९।३० गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा. ८ बुढीयाघाट स्थित जि.कैलाली गोदावरी न.पा. १ विजयानगर बस्ने बर्ष २२ को पारस पार्की, ऐ.ऐ. बस्ने बर्ष अ. २८ को केशव कुञ्जेडा र ऐ.ऐ. बस्ने बर्ष २५ को रोहित कामीलाई शंका लागी चेकजाँच गर्दा पारस पार्किको साथबाट ८१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई प्रहरी चौकी पचुई,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२९

      कैलाली:- मिति २०८२।०९।२८ गते १५:४५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ स्थित रहेको चितवन होटेलमा कोठा गरी बसेको जिल्ला बझाङ, सुर्मा गा.पा.२ बस्ने बर्ष ५० को जलहरी बोहरालाई चेकजाँच गर्दा निजको साथबाट ५ के.जी. ५७६ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         यसैगरी, मिति २०८२।०९।२७ गते २१:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बिशालनगर घर भई हाल ऐ.८ बुद्धचोक स्थित भाडामा गणेश राईस मिल सञ्चालन गरी बस्ने बर्ष २५ की लक्ष्मी चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र लागूऔषध नापतौल गर्ने डिजिटल काँटा समेत फेला पारी उक्त पदार्थ र काँटा सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     

फरार प्रतिबादी पक्राउ
२०८२-०९-२९

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ भुरुवा बस्ने प्रकाश बि.क.लाई  इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२८  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।           कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले कुटपिट मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.८ तिलाचौर बस्ने बर्ष २५ को हरिश दमाईलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।          बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७१।०८।०४ गतेको फैसलाले लागूऔषध (चरेस) मुद्दामा ११ महिना २६ दिन कैद सजाय र रु.८०,०००।– (असी हजार) जरिवाना तोकिएको जिल्ला बझाङ, थलरा गा.पा.०३ बस्ने वर्ष ३९ को गोकर्ण बहादुर सिंहलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२८ गते ऐ.जयपृथ्वी न.पा.१० चैनपुर बजारबाट पक्राउ गरेको ।