प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०२-०४

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।०३ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.६ हरैया स्थित शिवशक्ति बालुवा प्रसोधन केन्द्रमा गिट्टी र बालुवा सफा गर्नको लागि सु.प.प्र.००-१००२ त ४०२१ नम्बरको ट्याक्टरमा रहेको पानी ट्याङ्कीमा पानीले ट्याक्टरको पछाडीको भाग भारी हुँदा ट्याक्टर अचानक पछाडी सर्दा चालक ऐ. ८ बस्ने बर्ष अन्दाजी १८/१९ को दिनेश बुढा ट्याक्टरको पछाडी रहेको पानी ट्याङ्की र मेसिनको बिचमा च्यापिन गई  घटनास्थलमै मृत्यु भएको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।