प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-०४

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०३ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

१. चोरी मुद्दामा १५ दिन कैद सजाय र रू. १०,०००।– जरिवाना ठहर भएका बर्दगोरीया गा.पा. १ बस्ने बर्ष २९ को सोनि नेपाली ।

२. चोरी मुद्दामा २ दिन कैद सजाय र रू. १०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने बर्ष २१ को कमल वली ।

३. घरेलु हिंसा मुद्दामा रु.१५,०००।– जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ६० की चन्द्रा साउँद ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१४

      कैलाली:-  मिति २०८२।०३।१३  गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सहिद गेट र टिकापुर न.पा.८ अरनुवा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,६५०।– बराबरको बिडी, सुर्ती, पानिपुरी, कुर्ता सुरवाल, धोती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                      कञ्चनपुर:- मिति २०८२।०३।१३ गते १२:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ टाउके बजार स्थित भित्री सडक किनारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८९,५००।- बराबरको सुटपिस, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागी त्रिनगर भन्सार कार्यालय धनगढी, कैलालीलाई वुझाएको ।