प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०२-०५

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०२।०४ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ५ भकुण्डा बस्ने १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने बर्ष ६१ को राम ज्ञान चौधरीलाई प्रहरीले पक्राउ गरेको छ, निजले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२१

  कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७४,०५०।– बराबरको पटका, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४०,५५०।– बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको बिडी शुक्रबार प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२०

     कैलाली:- जिल्ला कैलाली जानकी गा.पा. २ बडरिया स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,३०,०००।– बराबरको विभिन्न किसिमका पटाका बिहिबार इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,४३,७५०।– बराबरको विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका सामानहरु  बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।