प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८१-०२-०६

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- आलिताल गाउँपालिका-२ खोलेखर बस्ने २८ वर्षीय डम्बर बहादुर थापा मगरलाई एकनाले भरुवा बन्दुक १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरूवा बन्दुक फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाङ्खेत र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०१-२३

  कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०७।२४ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.३,०००।– जरीवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.९ बिचफाटा बस्ने बर्ष ४१ को बिर बहादुर बुढालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले मंगलबार सोही न.पा. १० दोधा पुलबाट पक्राउ गरेको हो ।       डडेल्धुरा :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बैङ्किङ कसुर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.३ बस्ने बर्ष ३० को भुवन सिंह भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२३

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ बङ्ग्राकटानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १३० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उ.म.न.पा. ८ बस्ने तिन जना किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली गौरीगंगा न.पा.७ मनकापुर स्थित मसुरिया तालबन्दा भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३२० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २६ को जय कुमाललाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।