प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८१-०२-०६

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- आलिताल गाउँपालिका-२ खोलेखर बस्ने २८ वर्षीय डम्बर बहादुर थापा मगरलाई एकनाले भरुवा बन्दुक १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरूवा बन्दुक फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाङ्खेत र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०५

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ दक्षिणकाली मार्ग स्थित बुधबार साँझ जिल्ला कैलाली गोदावारी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सन्जय राना, जिल्ला कंञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुर बस्ने बर्ष १९ को घनश्याम राना र एकजना १८ बर्षे किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट शुद्ध तौल ३ ग्राम ५८ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित तीनै जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धा प्रहरीले आबश्यकक अनुसन्धान गरिरहेको ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-०३

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,२९,३००।– बराबरको सुर्ती, सलाई, सुकेको मटर, डिजाईनिङ लेस, कपडामा प्रयोग गर्ने बुट्टा र बोयलर कुखुरा लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको भिमदत्त न.पा.१७ बनगाँउ स्थित अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ३४,०००।– बराबरको झ्याल र ढोकाका पर्दाहरु सोमबार दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०२

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा.११ ब्यारल चेकपोष्ट स्थित जिल्ला कैलाली घोडाघोडी न.पा.०६ बस्ने बर्ष अं.२५ को बिक्रम मिजार लाई भारतबाट नेपाल आउने क्रममा स.प्र.बल समेत इ.प्र.का.गड्डाचौकी कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आईतबार दिउसो शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ०.१६ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको ।      यसै गरी  जिल्ला कञ्चनपुर भिमदत्त नगरपालीका वडा नं.-९ जिरो पोईन्ट स्थित सडकमा हिडिरहेको अवस्था एक जना किशोरलाई लागु औषध ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ब्रह्मदेब कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आईतबार साँझ शंका लागि चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल गर्दा १२ ग्राम ला.औ.खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नयन्त्रणमा लिएको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।