प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

२०८१-०२-०६

  • A
  • A-
  • A+
Share

    कैलाली:- गोदावरी नगरपालिका-१ अत्तरिया चोकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.८ ख ४३०१ नम्बरको ट्रकमा से.७ प १८९६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-३ बस्ने ३२ वर्षीय शिवराज रानाको पदमा अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८३-०७-२०

    कैलाली:- जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं १ स्थित रहेको ओम कृष्ण अस्पतालको अप्रेसन थ्रेटर रुममा बिद्युतको तार सर्ट हुन बिहिबार बेलुका आगलागी हुँदा अन्दाजी रु.१०,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।     अछाम:- जिल्ला अछाम साँफेबगर न.पा.वडा नं ३ हाँटबजारमा रहेको बैजनाथ फैन्सी स्टोरमा अचानक बिहिबार बेलुका आगलागी हुँदा अन्दाजी रु.७५,०००।- बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२०

     कैलाली:- जिल्ला कैलाली जानकी गा.पा. २ बडरिया स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,३०,०००।– बराबरको विभिन्न किसिमका पटाका बिहिबार इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,४३,७५०।– बराबरको विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका सामानहरु  बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१९

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ९९,६००।– बराबरको विभिन्न किसिमका पटाका बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ३०,८००।– बराबरको विभिन्न किसिमका पटाका र किराना सामान लगायत बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।