प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कञ्चनपुरमा बिभिन्न देशका मुद्रा, ल्यापटप र सुनका जस्ता देखिने गर-गहना सहित २ जना पक्राउ ।

२०७८-०८-०१

  • A
  • A-
  • A+
Share

मिति २०७८।०७।२२ गते भारतको सदाशिव नगर बेङ्लोर बस्ने भेन्की पिन्च स्कोटीको घर बाट जिल्ला जुम्ला, साबिक कुडारी गा.बि.स.वडा न.४ घर भई हाल जिल्ला  कैलाली, लम्की-चुहा न.पा.वडा न.४ बस्ने हुकुम शाहीकी श्रीमती बर्ष ३८ की बिष्णु कुमारी सिह (शाही) र जिल्ला कञ्चनपुर, बेलौरी न.पा १ फटैया बस्ने  बर्ष ३८ को लाल बहादुर शाहीले निज भेन्की पिन्च स्कोटीको घरको लकर तोडफोड गरी  निम्न परिमाणका नगद , सुनका जस्ता देखिने गरगहना चोरी गरी भागी आफ्नो घर जिल्ला कञ्चनपुर, बेलौरी न.पा १ फटैया स्थित लाल बहादुर शाहीको घरमा लुकाई छिपाई राखेको छ भनि भारतिय प्रहरीले जानकारी गराएकोमा मिति २०७८।०७।३० गते बिहान अ.०३;०० बजेको समयमा ई.प्र.का.त्रिभुबनबस्ती कञ्चनपुर, BOP पुनर्बास र BOP आपतालबाट खटि गएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका वडा न.१ फटैया स्थित  लाल बहादुर शाहीको घरमा लुकाई छिपाई राखेको निम्न परिणामका बिभिन्न किसिमका सुनका जस्ता देखिने गर-गहना,मुर्ति ,बिभिन्न देशका बिभिन्न दरका नोटहरु र ल्यापटपहरु फेला पारी बरामद गरि निज लाल बहादुर शाही र बिष्णु कुमारी सिह (शाही)लाई पक्राउ गरी  प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कार्बाहिको लागि उल्लेखित दुबैजनालाई बरामद  सामानहरु सहित ई.प्र.का. बेलौरी कञ्चनपुरको नियन्त्रणमा राकिएको ।

निम्न:-

१       DELL कम्पनिको ल्यापटप थान १(एक) र APPLE कम्पनिको ल्यापटप थान ३ (तिन) गरी जम्मा ल्यापटप थान ४ (चार)  ।

बरामद रकम:-

२       भारतीय रु ४३,९०० (त्रिचालिस हजार दुई सय ), हङकङ डरल ४० (चालीस), थाईलेण्ड भाट १,२६०(एक हजार दुई सय साठी ), USA $१००५ (एक हजार पाच), क्यानडियन डलर २,८१० (दुई हजार आठ सय दश), मलेसियन रिंगिट २३ (तेईस), सिंगापुर डलर १८ (अठार), कतार रियाल १ (एक), दुबई दिराम १३० (एक सय तिस) र चाईनिज युवान १६१ (एक सय एकस्ठ्ठी)  ।

बरामद भएको सुन जस्ता देखिने पहेला धातुका गरगहनाहरु:-

१)    पथ्थर सहित १,४७१.१८ ग्राम ।

२)    बिना पथ्थर ४३९.८९ ग्राम ।

३)    बिभिन्न रंगका पथ्थरहरु १ के.जी.९९८.४१ ग्राम ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१४

     कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाट स्थितबाट १ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र PROXIOHMSPAS नामक २८ वटा क्याप्सुल, N10 नामक २८ वटा ट्याब्लेट सहित जिल्ला कैलाली टीकापुर न.पा.५ बस्ने वर्ष २२ को रोशन सार्की सहित २ जनालाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले टोलीले शुक्रबार लु.प्र.०१-०१५प ४७८९ नम्बरको मो.सा.मा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ चटकपुर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२७ मिलिग्राम सहित जिल्ला डोटी जोरायल गा.पा. २ बस्ने वर्ष २५ को अमर बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट चटकपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८३-०७-१४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,  जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजहरुलाई पक्राउ गरेको छ ।    १. लागु औषध मुद्धामा १ वर्ष कैद सजाय तोकिएको जिल्ला डोटी जोरायल गा.पा.वडा नं १ बस्ने वर्ष २२ को किरण बिश्वकर्मा ।  २. चेक अनादर मुद्धामा रु. २,०००।–( दुई हजार ) जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने नन्द राज जैशी र   सोही मुद्दामा रु. १०००।–(एक हजार)  जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने गजेन्द्र शाही ।३. बैन्किङ कसुर मुद्दामा ७ दिन कैद सजाय  र रु.१३,५५,०००।– ( तेह्ललाख पचपन्न हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा.वडा न.१ बस्ने वर्ष ३६ को सरोज चौधरी ।

फरार प्रतिवादी पक्राउ
२०८३-०७-१३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    १. सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाय  र रु.२,०००।–( दुई हजार) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ३ बस्ने वर्ष ३४ को बुधराम थारु ।   २. बैङ्किङ कसुर मुद्धामा ५ दिन कैद सजाय  र रु. ४,००,०००।–( चार लाख ) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ५ बस्ने वर्ष ३० को प्रदिप कुमार चौधरी ।