प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कञ्चनपुरमा बिभिन्न देशका मुद्रा, ल्यापटप र सुनका जस्ता देखिने गर-गहना सहित २ जना पक्राउ ।

२०७८-०८-०१

  • A
  • A-
  • A+
Share

मिति २०७८।०७।२२ गते भारतको सदाशिव नगर बेङ्लोर बस्ने भेन्की पिन्च स्कोटीको घर बाट जिल्ला जुम्ला, साबिक कुडारी गा.बि.स.वडा न.४ घर भई हाल जिल्ला  कैलाली, लम्की-चुहा न.पा.वडा न.४ बस्ने हुकुम शाहीकी श्रीमती बर्ष ३ की बिष्णु कुमारी सिह (शाही) र जिल्ला कञ्चनपुर, बेलौरी न.पा १ फटैया बस्ने  बर्ष ३८ को लाल बहादुर शाहीले निज भेन्की पिन्च स्कोटीको घरको लकर तोडफोड गरी  निम्न परिमाणका नगद , सुनका जस्ता देखिने गरगहना चोरी गरी भागी आफ्नो घर जिल्ला कञ्चनपुर, बेलौरी न.पा १ फटैया स्थित लाल बहादुर शाहीको घरमा लुकाई छिपाई राखेको छ भनि भारतिय प्रहरीले जानकारी गराएकोमा मिति २०७८।०७।३० गते बिहान अ.०३;०० बजेको समयमा ई.प्र.का.त्रिभुबनबस्ती कञ्चनपुरBOP पुनर्बास BOP आपतालबाट खटि गएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका वडा न.१ फटैया स्थित  लाल बहादुर शाहीको घरमा लुकाई छिपाई राखेको निम्न परिणामका बिभिन्न किसिमका सुनका जस्ता देखिने गर-गहना,मुर्ति ,बिभिन्न देशका बिभिन्न दरका नोटहरु र ल्यापटपहरु फेला पारी बरामद गरि निज लाल बहादुर शाही बिष्णु कुमारी सिह (शाही)लाई पक्राउ गरी  प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कार्बाहिको लागि उल्लेखित दुबैजनालाई बरामद  सामानहरु सहित ई.प्र.का. बेलौरी कञ्चनपुरको नियन्त्रणमा राकिएको ।

निम्न:-

       DELL कम्पनिको ल्यापटप थान १(एक) र APPLE कम्पनिको ल्यापटप थान ३ (तिन) गरी जम्मा ल्यापटप थान ४ (चार)  ।

बरामद रकम:-

       भारतीय रु ४३,९०० (त्रिचालिस हजार दुई सय ), हङकङ डरल ४० (चालीस), थाईलेण्ड भाट १,२६०(एक हजार दुई सय साठी ), USA $१००५ (एक हजार पाच), क्यानडियन डलर २,८१० (दुई हजार आठ सय दश), मलेसियन रिंगिट २३ (तेईस), सिंगापुर डलर १८ (अठार), कतार रियाल १ (एक), दुबई दिराम १३० (एक सय तिस) र चाईनिज युवान १६१ (एक सय एकस्ठ्ठी)  ।

बरामद भएको सुन जस्ता देखिने पहेला धातुका गरगहनाहरु:-

१)    पथ्थर सहित १,४७१.१८ ग्राम ।

२)    बिना पथ्थर ४३९.८९ ग्राम ।

३)    बिभिन्न रंगका पथ्थरहरु १ के.जी.९९८.४१ ग्राम ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।