प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share

 कैलाली:- मिति २०८१।०२।०६ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, जानकि गा.पा.६ स्ववर्णपुर स्थित डुडेझारि सडक खण्ड बाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २७ को अमृत थापालाई ३०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

   यसैगरी,  मिति २०८१।०२।०६ गते २२:३५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिभुवनचोकबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने १७ र १८ बर्षिय किशोरलाई १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-०६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लिपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बोइलर कुखुरा शनिबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी स्थानिय, जनप्रतिनिधिको रहोवरमा नष्ट गरेको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,५००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ति, दाल, सरप, चक्लेट, सेतो समेन्ट, फ्रिज थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।