प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०२।०६ गते १७:५० बजेको समयमा जिल्ला बैतडी, पाटन न.पा. ६ रोडाखोला स्थित जिल्ला डडेल्धुरा अमरगढी न.पा.४ बस्ने बर्ष अन्दाजी ४५/५० को रुपक जैरु मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१९

 कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ डि.के.पेट्रोल पम्प नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २४८ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को अमन पन्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.६ जाईबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २०२ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सन्जित चौधरी र वर्ष ३८ को प्रेमलाल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  जिल्ला कैलाली भजनी नगरपालिका-९ गन्जहुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१२ बस्ने २७ वर्षीय डेबिट चौधरी र  ३४ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले से.३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेला स्थित लागूऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा अवैध नियन्त्रित लागूऔषध फेनारगन एम्पुल ६३ ट्याब्लेट र B-Gesic एम्पुल ६३ ट्याब्लेट सहित सोही न.पा.१८ बागबाणी बस्ने वर्ष २७ को आसुतोष सिनाललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१९

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० घुइयाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३०,५५०।– बराबरको चिनी, दाल, मिठाई, जिरा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५८,०५०।– बराबरको पेय पदार्थ, बिडी, कुरकुरे, नमकिन, बोइलर कुखुरा लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।