प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share

    बाजुरा:- मिति २०८१।०२।०७ गते ०८:१० बजेको समयमा जिल्ला बाजुरा, बडिमालिका न.पा.६ बुढाकोर्ध बस्ने बर्ष ४५ की धौली बडुवाल आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-१२

    कैलाली:- मिति २०८१।०४।११ जिल्ला कैलाली, धनगढी-२ राम जानकी मन्दिर, ऐ-३ ट्राफिक चौराहा र गोदावरी -४ गोदावरी स्थित सडक किनारामा नजिक भारत बाट भन्सार छली ल्याएको अन्दाजी मुल्य रु.५,७२,६००/- बराबरको सुट मोजा, चस्मा, लेडिज सुट, जे.सि.बि.कम्प्रेसर मेसिन, स्टिलको रेलिङ्गमा लगाउने फुल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।     कंचनपुर :- मिति २०८१।०४।११ गते जिल्ला कंचनपुर, भिमदत्त-१० बिधुत कार्यालय, बेलौरी -१ फटैया र पुनर्वास -११ अमरबस्तीबाट भारतबाट भन्सार छली गरी ल्याएका अंदाजी मुल्य रु.१,७६,९८०।- बराबरको चामल, दाल, तेल, माईक्रोनी, चिनी, मिश्री, सुर्ती, बिंडी युरिया, सर्फ, हाडबेयरका सामानहरु, साईकल तथा साईकलका पार्टपुर्जाहरु, गुड, ड्यू , किरानाका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कंचनपुर तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।