प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखबाट लडेर मृत्यु

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।०७ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १४ फुलवारी बस्ने बर्ष ८७ को धन बहादुर लिम्बु घर नजिकै बाँस काट्ने क्रममा बाँसको झ्याङबाट लडेर गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-१०-१५

     कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १९ दिन कैद र रु. २,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा.४ माघी बस्ने बर्ष ४८ को बुद्धिराम चौधरीलाई  इलाका प्रहरी कार्यालय सुखड,कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१४  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले बहु बिवाह मुद्दामा  १ वर्ष कैद र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा.५ देखतभुली बस्ने बर्ष ४५ को सुरत कठायतलाई  इलाका प्रहरी कार्यालय झलारी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१४  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-१५

       कैलाली :- मिति २०८२।१०।१४ गते जिल्ला कैलाली टीकापुर न.पा.९ ठोसेबजार स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,१००।–बराबरको फलामको कराई,स्टिल परात,कचौरा लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कञ्चनपुर :- मिति २०८२।१०।१४ गते जिल्ला कञ्चनपुर भि.न.पा.११ भुजेला स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०५,७४०।–बराबरको हाडबेयर,मोबाईल कभर र किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१५

     कैलाली:- मिति २०८२।१०।१४ गते १७:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं १३ मोहनपुर स्थित ऐ.ऐ. बस्ने वर्ष २० को अजय रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ७५० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको       यसैगरि:- मिति २०८२।१०।१४ गते १६:३० बजेको समयमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं २ त्रिनगर व्यारेल स्थित जिल्ला कैलाली गोदावरी न.पा.४ बस्ने बर्ष २५ को लोकेन्द्र बोगटीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय ,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     यसैगरि:- मिति २०८२।१०।१४ गते १९:०० बजेको समयमा जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ कुम्भिया स्थित ऐ.ऐ.बस्ने बर्ष २३ को शिशिर बमलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ७१० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागु औषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय सडकपुर,बौनियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      

फरार प्रतिबादी पक्राउ
२०८२-१०-१४

     कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले किर्ते मुद्दामा रु.१५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा. ९ झलारी बस्ने बर्ष ४८ को मान बहादुर कुँवरलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।       यसैगरी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले बहुविबाह मुद्दामा १ वर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर पुनर्वास न.पा.७ पुनर्वास बस्ने बर्ष ३८ को धन बहादुर चौधरीलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१३

      कैलाली:- मिति २०८२।१०।१२ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० सिमलघाटबाट सोही ठाउँ बस्ने २४ को राम नारायण रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।           कञ्चनपुर:-  मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टर नजिकबाट ऐ.१० तिल्केनीटोल बस्ने बर्ष २३ को ऐश्वर्या बिष्टलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ ग्राम ६१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।१२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट ऐ.७ बस्ने बर्ष २० को अमित राना र ऐ.बस्ने बर्ष २० को समिर चौधरीलाई भारतबाट नेपाल तर्फ शंकास्पद आउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट ५३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।१२ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको बा ७८ प ६७५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला बझाङ, जयपृथ्बी न.पा.३ पणेश बस्ती बस्ने बर्ष २६ को दिनेश बिष्टको साथबाट १ ग्राम ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।