प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखबाट लडेर मृत्यु

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।०७ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १४ फुलवारी बस्ने बर्ष ८७ को धन बहादुर लिम्बु घर नजिकै बाँस काट्ने क्रममा बाँसको झ्याङबाट लडेर गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।