प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०७ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट

खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

1. बन सम्बन्धि मुद्दामा रू. १३,७२०।– जरिवाना ठहर भएका गौरीगंगा न.पा.८ बस्ने बर्ष २४ को सुरेन्द्र कठायत ।

2. जबरजस्ती करणी मुद्दामा २० दिन कैद सजाय र रु.१५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १५ बस्ने बर्ष २७ को सुशिल राना ।

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

3. जुवातास मुद्दामा रू रु.२७५।- जरिवाना ठहर भएका बेदकोट न.पा. ३ बस्ने बर्ष ३० को मोहन खड्का ।

4. जुवातास मुद्दामा रू रु.१७५।- जरिवाना ठहर भएका बेदकोट न.पा. ३ बस्ने बर्ष ४२ को तारा दत्त जोशी ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०९

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.७ करुवाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,३०,०००।– बराबरको फुटबल जुत्ता बिहीबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७६,८००।– बराबरको पेय पदार्थ, चिनी, बिडी, सुर्ति, नमकिन, चक्लेट, पटका लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।