अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०२-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ ब्यारेल, ऐ. ७ मनेहरा, भजनि न.पा.०३ ठेकीपुल, ऐ. ६ खैरा र टीकापुर न.पा. ६ बेलुवा चोक स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१३,६५०।– बराबरको प्याज, चिनी, अचार, सुर्ती, युरिया मल, स्याम्पु, कुरकुरे, गाडीको बुस, ईन्भटर, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको । यसैगरी, मिति २०८१।०२।०८ गते १६;३० बजेको समयमा जिल्ला कैलाली, बजे धनगढी उ.म.न.पा.४ उत्तरबेहडी गन्तव्य रिसोर्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१८५,१८०।– बराबरको मोबाईल कभर २३९ पिस, मोबाईलकको ग्लास १३० पिस सहित ऐ.८ धनगढीगाँउ बस्ने बर्ष २२ को रबि रानाले चलाएको से ६ प २५८२ नम्बरको मोटरसाइकल सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।०८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० गज्जर टोल, ऐ.१७ बाँसखेडा, बेलौरी न.पा.१० सडकघाट र पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७८,८७६।– बराबरको पेय पदार्थ, बिस्कुट, सुर्ती, बिडी, खानेतेल, कागती, खुर्सानी, गेरु, सानो माईली माला, कान्छी माला, कालो माला, पहेलो पितलको तार, गणेश पत्थर, गुलाब पत्थर, लाल पत्थर, पितल पाता, खरगोटी, रातो कपडा, कस्मेटीक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।