प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-०९

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०२।०८ गते १८:१५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.१ धनगढि रोड कृष्ण मार्केट नजिकबाट शंका लागि चेकजाँच गर्दा धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २० को रोहन घिमिरे, जिल्ला डोटि शिखर न.पा.४ बस्ने बर्ष २० को रोशन खड्का र ऐ. दिपायल सिलगढि न.पा.३ बस्ने बर्ष १९ को ललित नाथलाई १ ग्राम १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नाईट्राभेट ट्याबलेट-७ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

  कञ्चनपुर:- मिति २०८१।०२।०८ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २५ को प्रशान्त चौधरी र बर्ष २० को बिकाश चौधरीलाई १ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र मोटरसाईकल थान-१ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।