अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ एलएनचोक, ऐ.७ मनेहरा पेट्रोल पम्प नजिक र गोदावरी न.पा.४ गोदावरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१०,१३,२००।– बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।११ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु पुनर्वास न.पा.४ कारकिल डाडा र ऐ. ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४८,७५६।– बराबरको प्याज, चुरोट, सुर्ती, प्लाष्टिक जाली, बुफर र साउण्ड लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।