प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नबजात शिशुको मृत भ्रुण फेला

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०२।१३ गते २१:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ संबिधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशु (केटा) को भ्रुण बेवारिसे मृत अबस्थामा फेला परेको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना घाइते
२०८३-०८-१२

    बाजुरा:- जिल्ला बाजुरा जगन्नाथ गा.पा.३ दाउणा स्थित पिलुचौरबाट मनिकाँडा तर्फ जादै गरेको सु.प.प्र.०१-००२ त ४६८७ नम्वरको ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार जगन्नाथ गा.पा.३ मनिकाँडा बस्ने वर्ष ४५ को धन रुप शाही र वर्ष ३५ को धर्म शाहीको सोमबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ भने वर्ष ५२ की रामसरा देवी सिंहको उपचारको क्रममा कोल्टी आधारभुत अस्पताल बाजुरामा गएराति मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य चालक सहित ४ जनाको कोल्टी आधारभुत अस्पताल बाजुरामा उपचार भइरहेको छ ।  दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-१२

    कैलाली:- जिल्ला कैलाली गौरीगंगा न.पा.८ लिक्मा शिविर स्थित लागूऔषधको कारोबार भइहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरोहिरोइन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ व्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ५६० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.११ बस्ने वर्ष २८ को जयराम तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       डोटी:-  जिल्ला डोटी जोरायल गा.पा.२ मिल चौराहबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ७ किलो ८५ ग्राम सहित जिल्ला बझाङ दुर्गाथली गा.पा.५ जाफ्री बस्ने वर्ष २८ को बिरेन्द्र जप्रेल र बर्ष ४८ को ओम जंग बहादुर कडायतलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर र इलाका प्रहरी कार्यालय बुडर, डोटीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बा ७७ प ८७०२ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-१२

     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,२६,३००।– बराबरको विभिन्न किसिमका कपडा, तरकारी, मोटरसाइकल थान-१ लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बोराडाँडीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२६,५००।– बराबरको सुटपिस, साडी लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।