अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०९
कैलाली:- मिति २०८२।१०।०७ गते १४:४० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ भुरुवाबाट सोही ठाउँ बस्ने २४ को भरत सन्ज्याल र ऐ.५ बस्ने बर्ष २७ को मदन आचार्यलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।१०।०७ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड बजारबाट सोही ठाउँ बस्ने २६ को दिपक धामीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।१०।०७ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.८ बटनपुरबाट सोही ठाउँ बस्ने २३ को राहुल लुहार, जिल्ला बर्दिया, गेरुवा गा.पा.२ पाताभार बस्ने बर्ष २३ को समिर चौधरी र ऐ. बस्ने बर्ष २० को अनिश थारुलाई लाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ८०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, २९० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र १ थान खुकुरी समेत फेला पारी उक्त पदार्थ र खकुरी सहित निजहरु तिनै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । कञ्चनपुर:- मिति २०८२।१०।०७ गते १३:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ बैशाखा स्थित पुल नजिक इलेक्ट्रोनिक स्कुटरलाई चेकजाँच गर्दा स्कुटर चालक ऐ. ४ शान्तीपुर बस्ने बर्ष २४ को महादेव चौधरीको साथबाट ४१०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।१०।०७ गते १३:२० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा १० खुल्लामञ्च नजिकबाट ऐ.झलारी बस्ने वर्ष ३३ को चन्दन ऐर र ऐ.११ कलुवापुर बस्ने बर्ष २५ को दिपेन्द्र सुनारलाई चेकजाँच गर्दा निजहरुको साथबाट ०.३६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।१०।०७ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० दर्सिखल्ला स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय UK06BM9116 नम्वर पिलेटको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक भारत जिल्ला पिलिभित, टाटरगंज बस्ने बर्ष २२ को मंगु सिंहको साथबाट २ ग्राम २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।१०।०७ गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ बरेलीटोलबाट सोही ठाउँ बस्ने बर्ष २५ को दिपक थापालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ०.१३ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।