प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०२-१५

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०२।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ ट्राफिक चौराह र भगवती टोल, टीकापुर न.पा.९ खैरीपुर, जोशीपुर गा.पा.४ हसनापुर र बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५८,८३०।–  बराबरको कस्मेटिक सामान, मोजा, पर्स, कपडा, प्लाष्टिक झिल्ली, धानको बिउ, तरकारीमा प्रयोग हुने बिषादी, धुप, एसियन पेन्ट, बाइकको लिभर, गङ्गा तेल, मिठाई, इमली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

कञ्चनपुर:- मिति २०८१।०२।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० बिद्युत कार्यालय नजिक, ऐ. १६ मझगाँउ, सुकासाल र भाँसी, बेलौरी न.पा.१० सडकघाट, पुनर्वास न.पा.११ डोके बजार र दोधारा चाँदनी न.पा. १० निशानिटोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,१८,९००।–  बराबरको काजु, बदाम, छोहारा, किसमिस, कोरा कपडा, अन्डरवेयर, सुट, थान कपडा, कुर्ती, स्प्रिङ स्टिल बैर, स्प्रे, सिल्भरतार, हाडबेयरको सामान, किरानाको सामान,कस्मेटिकको सामान, स्टेस्नरीको सामान पेय पदार्थ, प्लाष्टिक कुर्सि, माछा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०१

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.६ चानदेव खोल्टीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १९ ग्राम ६८० मिलिग्राम सहित भिमदत्त न.पा.१८ बस्ने वर्ष २५ को नरेन्द्र डगौरा र वर्ष २५ को डेभिट चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो म २ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर लालझाडी गा.पा. ६ चानदेव बेलडाँडी सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ६८० मिलिग्राम सहित कृष्णपुर न.पा.२ बंक बस्ने वर्ष २६ को दिपक कठायत र वर्ष २३ को दिपश्री पाललाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।        कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ सरदार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ९२० मिलिग्राम सहित लम्कीचुहा न.पा.५ बस्ने वर्ष ३२ को प्रकाश शाहीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी जनकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।