अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।१५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ फनपार्क नजिक, ऐ. ३ ट्राफिक चौराह, ऐ. ७ बेलीको जंगल, ऐ. १२ कम्पनीटोल, भजनी न.पा. ६ नवलपुर, ऐ. ७ हिम्मततपुर घाट र ऐ. ८ सोनाफाटाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२२,५००।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, खानेतेल, प्लाष्टिक डोरी, चक्लेट, प्लाष्टिक झिल्ली, छोहरा, सुटपिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।१५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.६ नकैया, पुनर्वास न.पा. ६ “ङ” गाउ, लालझाडी गा.पा.३ बल्मी र बेलडाँडी गा.पा.५ मसानघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,११,८३०।– बराबरको हार्डवयरको सामान, किरानाको सामान, बिजुलीको सामान, पेय पदार्थ, सुर्ती, अण्डा, नमकिन, पानि चिसो राख्ने जार, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।