प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-१६

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०२।१५ गते ०७:३० बजेको समयमा  जिल्ला कैलाली, टिकापुर न.पा.९ मोहना नदिको किनारमा जमेको पानिमा भजनी न.पा.१ गोदाम टोल बस्ने बर्ष १९ को एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको ।

यसैगरी, मिति २०८१।०२।१५ गते १४:३० बजेको समयमा  जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ६ जाली पुल नजिकै जिल्ला डोटी, बोगटान न.पा.७ स्थायी घर भई हाल ऐ. ६ जाली बस्ने बर्ष ४० को घनश्याम बम अचेत अवस्थामा फेला पारी आफन्तले उपचारको लागी निसर्ग अस्पताल धनगढीमा ल्याएकोमा डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको ।

कञ्चनपुर:- मिति २०८१।०२।१५ गते १२:४० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.७ परासन स्थित ऐ. बस्ने नारायण रानाको उखुबारीमा ३ बर्ष देखि चौकीदारको काम गर्दै आएको जिल्ला कैलाली, गौरीगंगा न.पा.१ घर भई हाल पुनर्वास न.पा.९ (ख) गाउँ बस्ने बर्ष ६२ को सब्रा चौधरी मृत अवस्थामा फेला परेका, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, कञ्चनपुरबाट अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।