प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानिमा डुबी बेपत्ता

२०८१-०२-१६

  • A
  • A-
  • A+
Share

 कञ्चनपुर:- मिति २०८१।०२।१५ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.८ स्थित बतासे झर्नाको तालमा सोही ठाउँ बस्ने बर्ष अन्दाजी २०/२१ सरोज टमाटा नुहाउने क्रममा पानीमा डुबेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट प्रहरी टोली खटिई गई खोजतलास भईरहेको, हालसम्म लाश फेला नपरेको, प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०५

     कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.१ भरुवाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४८० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को हिमाल खत्रीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पैदल हिडिरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली जानकी गा.पा.७ जवलपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ५८० मिलिग्राम सहित सोही न.पा.२ बस्ने वर्ष ३० को रमेश मगर र लम्कीचुहा न.पा.१ बस्ने वर्ष २६ को कमल चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति पैदल हिडिरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       

फरार प्रतिबादी पक्राउ
२०८३-०८-०५

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा.४ बस्ने वर्ष २२ को खेमराज जैशीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।      बझाङ :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७८।०९।१३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएको बुंगल न.पा.४ बस्ने वर्ष ५३ को राम बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट बिजगडा, बझाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो ऐ. बिजगडा बजारबाट पक्राउ गरेको छ ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०१।११ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा न.पा.११ कलुवापुर बस्ने वर्ष २७ को हरिश भट्टलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो  सोही न.पा.५ खजुवाबाट पक्राउ गरेको छ ।