प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।१६ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.१ ब्लक नम्बर १२ स्थित सडकखण्डबाट शंका लागि चेकजाँच गर्दा जोशिपुर गा.पा. ३ बस्ने बर्ष २१ को योगेश कठरियालाई २५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०७-२१

       कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।२०  गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१.    चेक अनादर मुद्दामा ३ महिना कैद सजाय र रु.२०,०००।- (बिस हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१८ फुलबारी बस्ने बर्ष ५३ को कृष्ण प्रसाद शर्मा ।२.    कुटपिट/लुटपाट मुद्दामा २ महिना कैद सजाय र रू.२,६००।- जरिवाना  तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.२ बस्ने बर्ष ४४ को गौरीशंकर चौधरी ।  ३.    कुटपिट/लुटपाट मुद्दामा १ महिना कैद सजाय र रू.१,३००।- जरिवाना  तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.२ बस्ने बर्ष २६ को शंकर चौधरी ।         डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत हुम्लाको फैसलाले लिखत कृर्ते मुद्दामा ३ महिना १७ दिन कैद सजाय र रु .४,०००।- (चार हजार) जरीवाना तोकिएको जिल्ला डोटी, जोरायल गा.पा.२ बुडर बस्ने बर्ष ३८ को सोनाम थापालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२० गते ऐ.दिपायल सिलगढी न.पा.६ सिलगढीबाट पक्राउ गरेको  ।

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
२०८२-०७-२०

     बझाङ:- मिति २०८२।०७।१९ गते १९:४५ बजेको समयमा जिल्ला बझाङ, थलारा गा.पा.२ काँडा स्थित भित्री सडक खण्डमा ऐ.दंगाजीबाट काँडागाउँ तर्फ जाँदै गरेको सु.प.प्र.०१-००२ त ५७२४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ४००/५०० मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला बझाङ, थलारा गा.पा.२ बस्ने बर्ष ६० को पमले खाती र सोही ठाउँ बस्ने बर्ष ६२ को जसे खातीको  घटनास्थलमै मृत्यु भएको, ट्याक्टर चालक जिल्ला कैलाली, गोदावरी न.पा. ४ बस्ने बर्ष ४५ को खुशी राम चौधरी घाइते भई प्राथमिक स्वास्थ्य केन्द्र देउरा, बझाङमा सामान्य उपचार पश्वात थप उपचारको लागि धनगढी रिफर गरिएको  ।